विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने इश्वर पोखरेलको आशंका

598
shares

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकारले नागरिकता सम्बन्धी विधेयक अगाडि बढाउन खोज्नुको कारण माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभामा नीति तथा कार्यक्रम माथि बोल्दै उनले नागरिकता विधेयकलाई मार्केटिङ गर्न खोजिएको हो कि भन्ने आशंका गरे ।

‘अहिले मार्कटिङ गर्न खोजिँदैछ । संसदमा विचाराधीन नागरिता विधेयकको बारेमा यसलाई संवेदनशील मुद्दा बनाएर आफ्नो पक्षमा मार्केटिङ गर्ने कोशिस गरिँदैछ’, पोखरेलले भने ।सरकारले नीति तथा कार्यक्रममा नागरिकता विधेयकलाई सहमतिको आधारमा छिटै टुंगोमा पुर्याउन पहल गर्ने उल्लेख गरेको छ । यही प्रसंगमा उपाध्यक्ष पोखरेलले टिप्पणी गरेका हुन् ।

‘केपी शर्मा अ‍ोलीले नेतृत्व गरेको सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्ने उदेश्यले ल्याएको अध्यादेशलाई किन अघि बढ्न दिइएन ? संसदीय समितिमा पनि कसका कारणले अघि बढ्न दिइएन ? मैले नाम लिइरहनुपर्दैन हामी सबै जानकार छौं’ पोखरेलले प्रश्न गरे, ‘निर्वाचनलाई प्रभावित पार्ने हिसावले अहिले फेरि विधेयक ल्याइँदै त छैन ?’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports