विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधान सेनापति शर्माको विदेश भ्रमण तय

624
shares

काठमाडौं ।नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको विदेश भ्रमण तय भएको छ । प्रधानसेनापति शर्मा ४ देखि १० असार सम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ रहेको लेबनान र सिरिया स्थित शान्ति मिसनहरूको निरीक्षण भ्रमण गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

भ्रमणको समयमा प्रधानसेनापति शर्मालगायतको टोलीले मिसनहरूको वस्तुस्थिति, अपरेसनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतका पक्षका बारेमा जानकारी लिने र राष्ट्र तथा शान्ति मिसनका उच्च पदस्थ अधिकारी सँग भेटघाट गर्ने सेनाको भनाइ छ । ‘निरीक्षण भ्रमण बाट द्वन्द्वग्रस्त क्षेत्रमा तैनाथ फौजको हौसला अभिवृद्धि हुनुका साथै उच्च पदस्थ अधिकारीहरू सँगको भेटघाट बाट द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्ध थप वृद्धि हुने विश्वास छ,’ नेपाली सेनाले भनेको छ ।

उक्त भ्रमणपछि प्रधानसेनापति शर्मा संयुक्त राज्य अमेरिकाको औपचारिक निमन्त्रणामा १३ देखि १७ असार सम्म अमेरिकाको वासिङ्टन डीसी पुगेर फर्कने कार्यक्रम रहेको छ । नेपाली सेनाले उच्चस्तरीय सैनिक नेतृत्व बाट नियमित रुपमा हुने गरेको यस प्रकारको भ्रमण, विगत लामो समयदेखि स्थापित नेपाली र अमेरिकी सेना लगायत दुई देश बीचको मैत्रीपूर्ण सम्बन्ध एवं विद्यमान द्विपक्षीय सहयोग तथा सहकार्यको क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण सावित हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports