विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने

676
shares

काठमाडौं ।यातायात व्यवस्था विभागले बागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न निर्देशन दिएको छ । शुक्रबार एक सूचना प्रकाशन गर्दै नामकरण भइसकेका प्रदेश मातहातका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीहरुमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न निर्देशन दिएको हो |

साउन १ गते पश्चात ट्राफिक प्रहरीले सडक अनुगमन गरी इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने चालकलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारवाही गर्ने विभागले बताएको छ |

वागमती प्रदेश अन्तर्गत यातायात व्यवस्था कार्यालय (साना ठुला सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाण्डु तथा गण्डकी प्रदेश अन्तर्गत यातायात कार्यालय (सवारी) पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सबै सवारीहरुका सवारीधनीहरुले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने भएको छ |

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports