प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपालका अर्थमन्त्री जनार्दन शर्मा हुन् वा जनार्दन शर्मा प्रभाकर हुन् भनी एमालेको प्रश्न

468
shares

काठमाडौं ।नेकपा एमालेले नेपालका अर्थमन्त्री जनार्दन शर्मा हुन् वा जनार्दन शर्मा प्रभाकर हुन् भनी प्रश्न उठाएको छ ।

प्रधानमन्त्रीले अर्थमन्त्री नियुक्त गर्दा जनार्दन शर्मालाई नियुक्त गरेको तर बजेट पेश गर्दा जनार्दन शर्मा प्रभाकरले पेश गरेको भन्दै एमाले सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा नियमावलीको नियम २६ बमोजिम नियमापत्ति गरेका थिए ।

‘प्रधानमन्त्रीले एउटा व्यक्ति नियुक्ति गर्ने बजेट अर्को व्यक्तिले प्रस्तुत गर्न मिल्छ र सम्माननीयजी’ उनले प्रश्न गरे, ‘… इतिहासविद्ले भोलि अध्ययन गर्दा के होला ? हामी कस्तो प्रणालीमा जाँदैछौं ?’

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मा नै भएको स्पष्ट पारे । ‘मैले अनुमति दिने क्रममा माननीय अर्थमन्त्री श्री जनार्दन शर्मा भनेको छु, त्यही नै आधिकारिक, औपचारिक र संस्थागत हो’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports