प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अवदेखी प्रहरीलाई पनि १५-१५ दिनमा नै तलव

286
shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बुधबार मतदान हुँदैछ।

सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्।सभापतिमा उनको बाहेक उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध चयन भएका हुन्।

बुधबार बिहानबाट केन्द्रीय सदस्य पदमा मतदान हुनेछ। मतदानको समय भने तोकिएको छैन।केन्द्रीय निर्वाचन आयोगले तेस्रो पटक संशोधन गरेर जारी गरेको निर्वाचन कार्यतालिकामा मंगलबार रातभरिमा निर्वाचन प्रक्रिया सम्पन्न गरेर बुधबार बिहान मतदान सुरू गर्ने उल्लेख छ।

आयोगका प्रमुख भुवन केसीद्वारा जारी संशोधित कार्यतालिका अनुसार उम्मेदवारी दर्ता, दाबी-विरोध र अन्तिम नामावली प्रकाशनको काम रातभरिमा सम्पन्न गरिने भनिएको छ।पार्टी केन्द्रीय सदस्य पदका लागि मंगलबार साँझ ७:३० देखि बेलुकी ९:३० बजेसम्म महाधिवेशन स्थलमा रहेको निर्वाचन आयोगको सचिवालयबाट फारम वितरण तथा दर्ता गरिएको छ

उम्मेदवारी दर्ता सकिएलगत्तै राति १० बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन र त्यसपछि राति १०:३० बजेसम्म उम्मेदवारहरू विरूद्ध दाबी-विरोध गर्ने समय दिइएको थियो।प्राप्त दाबी विरोधमाथि राति ११ बजेसम्म जाँचबुझ गरिने र उम्मेदवारी फिर्ता लिन चाहनेहरूका लागि राति ११:१५ बजेसम्मको अन्तिम समय सीमा तोकिएको थियो।

आजै राति ११:४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै सोही समयदेखि मौन अवधि सुरू भएको निर्वाचन आयोगले जनाएको छ।मतदान सम्पन्न भएको दुई घन्टापछि पहिलो चरणको मतगणना सुरू गरी मतपरिणाम घोषणा गरिने निर्वाचन कार्यतालिकामा उल्लेख छ।

पहिलो चरणको परिणाम आएपछि दोस्रो चरणमा पदाधिकारीहरूको चुनाव हुनेछ। यसका लागि अर्को निर्वाचन कार्यतालिका सार्वजनिक गरिने आयोगले जनाएको छ।संशोधित विधान अनुसार केन्द्रीय समिति १५८ सदस्यको हुनेछ, जसमध्ये ९९ जना निर्वाचनबाट छानिने छन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports