प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिकाले सोमबारबाट कल सेन्टर चलाउने

559
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाले सोमबार बाट कल सेन्टर चलाउने भएको छ ।महानगरपालिकाको मेयर बालेन्द्र साह(बालेन)ले पहिलो कार्यपालिका बैठकमा एक साता भित्र कलसेन्टर चलाउने निर्णय अनुसार सोमबार बाट महानगरमा कल सेन्टर चल्ने महानगरका सूचना विभाग प्रमुख नवराज ढकालले जानकारी दिए ।

महानगरपालिका भित्र रहेका समस्याहरुको बारे गुनासो र सुझाव दिन मिल्ने गरी महानगरले ‘टोल फ्री’ नम्बरमा फोन गर्ने व्यवस्था सहित सोमबार बाट पहिलो चरणमा कल सेन्टर चलाउने तयारी गरेको ढकालले जानकारी दिए । उनका अनुसार कल सेन्टरमा आएका गुनासोहरु महानगरका ५० युनिटहरुमा पठाउन सकिने छ । ‘ अहिले प्रशासनिक युनिट र विभिन्न विभागहरुमा महानगरमा हुने समस्याहको गुनासो फरवार्ड हुनेछ ।

महानगरभित्रका सडक,ढल पूर्वाधार, बजार अनुगमन, स्वास्थ्य, शिक्षा लगायत सबै क्षेत्रमा गुनासो आउन सक्छ सोहि अनुसार महानगरका विभिन्न विभागहरुमा आएका गुनासोहरु फरवार्ड गरेर कारबाही हुन्छ, ’ ढकालले भने । सामुदायिक विद्यालयमा पनि गुनासो आउन सक्ने भएकोले अर्को चरणमा महानगर भित्रका सामुदायिक विद्यालयमा पनि कल सेन्टरको लिङ्क जोडेर तत्काल समाधान तर्फ जाने तयारी भएको ढकालले बताए । टोल फ्री नम्बर राख्ने तयारी रहेको महानगरमा ११८० नम्बरको कल सेन्टर हुने सम्भावना रहेको छ ।

‘पूर्वाधार एम्बुलेन्स’ गाडी खोज्दै

सडक, पूर्वाधार क्षेत्रमा आएका गुनासो तत्काल समाधान गर्न भन्दै एकसाता भित्र चलाउने भनिएको पूर्वाधार एम्बुलेन्सको लागि महानगरले गाडी खोजिरहेता पनि अहिलेसम्म फेला परेको छैन । काठमाडौं महानगरपालिकाले वातावरण विभागमा रहेका दूईवटा गाडी मागेता पनि शुक्रबार दिउँसो सम्म गाडी उपलब्ध हुन नसकेको एक कर्मचारीले जानकारी दिए ।

ती कर्मचारीका अनुसार सोमबार सम्म चल्ने भनिएको पूर्वाधार एम्बुलेन्स चल्न केहि दिन लाग्न सक्नेछ । पूर्वाधार एम्बुलेन्सको लागि महानगरवासीले कलसेन्टर मार्फत जानकारी, गुनासो गर्न सकिने महानगरले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports