२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्व बैंकले डिजिटल नेपाल रुपान्तरणका लागि १४ करोड अमेरिकी डलर ऋण सहायता स्वीकृत

871
shares

काठमाडौं । विश्व बैंकले डिजिटल नेपाल रुपान्तरणका लागि १४ करोड अमेरिकी डलर (करिब सवा १७ अर्ब रुपैयाँ) ऋण सहायता स्वीकृति गरेको छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले डिजिटल नेपाल एक्सेलेरेसन (डीएनएन) परियोजनाका लागि उक्त रकम बराबरको ऋण सहायता स्वीकृत गरेको विश्व बैंक नेपालले जनाएको छ । यो सहायता ब्रोड ब्याण्डको पहुँच विस्तार र डिजिटल अर्थतन्त्रमा सहभागिता वृद्धि गर्न खर्च गरिने भएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री निर्देशक फारिस हदाद जेर्भोसले समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न सहायता सहयोग सिद्ध हुने बताए । विश्व बैंकका अनुसार परियोजनाले डिजिटल नेपाल फ्रेमवर्कको रणनीति कार्यान्वयनमा सहयोग गर्नेछ । ग्रामीण भेगमा गुणस्तरीय डिजिटल ब्रोड ब्याण्ड सेवा विस्तारमा यो परियोजनाले काम गर्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports