विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थसचिव बिदामा बसे

741
shares

काठमाडौं ।अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मा सँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागी सँग टेलिफोन कुराकानी गरेका थिए ।

त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालय भित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् ।

अर्थमन्त्रीका प्रेस सल्लाहकार अजित अधिकारी भने सचिव मरासिनीले श्रीमती बिरामी भएकाले आफू बिदामा बस्न लागेको जानकारी गराएको जानकारी दिए । ‘आज एक दिनका लागि बिदा बसेको भन्नु भएको छ, आवश्यक परे भोलि पनि बिदा बस्ने जानकारी गराएरै बस्नु भएको हो,’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports