माओबादीले एमाले सँग छलफल गर्ने
वि.सं.२०७९ असार २२ बुधवार १३:१३
shares

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)ले एमाले सँग छलफल गर्ने भएको छ । पछिल्लो समयले सरकारले ल्याएको बजेट माथि उठेका प्रश्नका विषयमा प्रमुख प्रतिपक्षी दल एमाले सँग माओवादीले छलफल गर्ने भएको हो ।
आज विहान बसेको माओवादी पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । एमालेले अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट बजेटमा करको दर हेरफेर गराइएको भन्दै शर्माको राजीनामा माग गरेको छ । सो दिनको सीसीटीभी फुटेज पनि मेटाइएको भन्दै अर्थमन्त्रीको चर्को आलोचना भइरहेको छ ।
अर्थमन्त्रीको कुकृत्यका बारेमा चौतर्फी आलोचना हुँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहनुले उनको नियतमा पनि प्रश्न खडा भएको छ ।





































