प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अर्थमन्त्री स्वत दोषी प्रमाणित हुनुहुन्छ : योगेश भट्टराई

637
shares

काठमाडौं ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई बहिस्कार गरेको छ ।बजेट निर्माणका क्रममा करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भएको भन्दै प्रश्न उठेपछि संसदले बुधबार ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनाएको छ । लगतै सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएका थिए । तर एमाले सांसदहरुले उठेर विरोध गरे ।

लगतै सभामुखले एमाले सचिव योगेश भट्टराईलाई बोल्न समय दिए । भट्टराईले शर्मालाई अर्थमन्त्रीको हिसाबमा बोल्ने नैतिक अधिकार नभएको बताए । शर्माले अब अर्थमन्त्रीका रुपमा संसदमा बयान दिन नपाउने भन्दै उनले भने, ‘संसदीय समितिले दोष छ कि छैन भनेर छान्ने होइन । उहाँ स्वत दोषी प्रमाणित हुनुहुन्छ ।’

अब शर्माले राजीनामा दिनुपर्ने, नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भट्टराईको अडान छ । शर्मालाई अर्थमन्त्रीको पदमा राखेर छानबिन हुननसक्ने भन्दै उनले अघि भने, ‘पदमा बस्ने हो भने पदको दुरुपयोग भएर प्रमाणहरु गायब हुन्छ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports