प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले नै ठुलो पार्टी भएको स्थानीय तहको चुनावले पुष्टी गर्यो : महासचिव पोखरेल

481
shares

धनगढी ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय तहको निर्वाचनले एमाले मुलुकको ठूलो शक्ति भएको पुष्टि गरेको दाबी गरेका छन् । एमालेलाई सिध्याउने उद्देश्यले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका पाँच दलले गठबन्धन बनाएर अनेक हतकण्डा अपनाए पनि जनताले असफल पारिदिएको उनले टिप्पणी गरे ।

नेकपा एमालेले धनगढीमा आयोजना गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले भने, ‘प्राविधिक रुपमा हामीले अघिल्लो चुनावको भन्दा कम पालिकामा जितेका छौ‌ं तर जनताले हामीलाई सबभन्दा बढी ३४ प्रतिशत मत दिएर एमाले नै ठूलो पार्टी हो भन्ने कुरा पुष्टि गरिदिएका छन् ।’

पोखरेलले कुल मतलाई आधार मान्दा ३३ प्रतिशत मात्रै मत ल्याएकाले कांग्रेस अहिले पनि दोस्रो शक्ति भएको दाबी गरे । स्थानीय तहको चुनावले एमाले ठूलो शक्ति मात्र नभई देश बाट कसैले पनि परास्त गर्न नसक्ने कुरा समेत पुष्टि भएको उनको दाबी थियो ।

महासचिव पोखरेलले एमाले बाट विभाजित भएको एकीकृत समाजवादीले विगतमा वामदेव गौतमले पार्टी विभाजनका बेला आम चुनावमा ल्याएको मत भन्दा पनि कम ल्याउनु लज्जास्पद भएको जनाए । वामदेव गौतमले तत्कालीन समयमा देशभर बाट ७ प्रतिशत मत प्राप्त गरेको स्मरण गर्दै उनले माधवको पार्टीले चार प्रतिशत मत ल्याएको उल्लेख गरे ।

मुुलुकलाई जातीय राज्यमा विभाजन गरेर क्षतविक्षत पार्ने षड्यन्त्रलाई नेकपा एमालेले नै परास्त गरेको भन्दै उनले संविधान निर्माणका बेला त्यसको नेतृत्व अध्यक्ष केपी ओलीले गरेको बताए । तीनै शक्तिहरु अहिले पनि एमालेलाई सिध्याउन लागेको दाबी गर्दै पोखरेलले अब त्यो सम्भव नरहेको टिप्पणी गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports