गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रहरी हिरासतभित्रै पसेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरूङ विरूद्ध मानव अधिकार आयोगमा उजुरी

728
shares

काठमाडौं । हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै मन्त्री गुरुङविरुद्ध अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर उजुरी दर्ता गराएका हुन् । उनीहरूले आफूहरूमाथि राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन् ।

निवेदनमा उल्लेख भए अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्याका विषयमा भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो । हिरासतमा राखिएको करिब आधा घण्टापछि गुरुङको नेतृत्वमा आएको एक टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको दाबी गरिएको छ ।निवेदकहरूले उनीसँगै आएका व्यक्तिहरूले हिरासतभित्रै चरम मानसिक दबाब दिने, गालीगलौज गर्ने र ज्यान मार्ने धम्कीसमेत दिएको दाबी गरेका छन् । कानुन हातमा लिएर थुनुवाहरूलाई आतंकित पारेको उनीहरुको आरोप छ ।

प्रहरी प्रशासनको मिलेमतो वा लाचारीका कारण हिरासतभित्रै यस्तो घटना हुनु गम्भीर भएको भन्दै निवेदनमा आयोगको विशेष टोलीले सोह्रखुट्टे प्रहरी वृत्तमा रहेका पीडितहरूको बयान लिइ घटनाको सत्यतथ्य छानबिन गर्नुपर्ने, त्यसदिनको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख नियन्त्रणमा लिनुपर्ने माग गरिएको छ ।साथै पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै छिरेर मानसिक यातना दिने गृहमन्त्री र उनको टोलीमाथि फौजदारी कसुर र मानव अधिकार उल्लंघनको मुद्दा चलाउन निर्देशन दिन माग गरिएकाे छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports