तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन : प्रचण्ड
वि.सं.२०७९ साउन १३ शुक्रवार १७:५६
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । पाँच दलीय गठबन्धनमा रहेका विचार मिल्ने दलहरु बीच चुनावी मोर्चा बनाउन भने आफूहरु सम्वादमा रहेको उनले बताए ।
पार्टीसम्वद्ध पत्रकारहरुको संस्था नेपाल प्रेस सेन्टरको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । त्यसरी छलफल भएको होइन, छैन ।’
चुनावी मोर्चा बनाउने र पर्टी एकता संयोजन समिति बनाएर एउटै घोषणा पत्रमा जान सकिन्छ कि भनेर आफूहरु बीच छलफल भने भइरहेको उनले बताए ।



































