प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जापान पुगेर पनि पुष्पकमल दाहालले ढाटन भ्याए, झुठ बोल्नु उनको खेती नै हो

676
shares

काठमाडौं। शुक्रबार राती जापान उडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवतरण गर्नासाथ विमानस्थलमा सञ्चारकर्मी सँग कुुराकानी गदै जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबे सँग नेपालमा तीन पटक सम्म भेटेको बताए ।

आबे नेपाल आएको र भेटका क्रममा तीन पटकसम्म कुराकानी भएको भनेर प्रचण्डले दाबी गरेपनि आबे अहिलेसम्म नेपाल भ्रमणमा भने नआएको पुष्टि भएको छ। उनी प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्री हुँदा पनि नेपाल नआएको जापानी दूतावासले जनाएको छ। तर, प्रचण्डले किन आबे सँग नेपालमा नै तीन पटक भेटेर कुराकानी भएको झूटो दाबी गेर ? भन्दै अहिले उनको चौतर्फी आलोचना भईरहेको छ ।

सन् २००० मा जापानका तत्कालीन प्रधानमन्त्री योसिरो मोरी नेपाल भ्रमणमा आएका थिए । आबे प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीका रुपमा नेपाल भ्रमणमा नआएको जापानका लागि पूर्वराजदूत समेत रहेका पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराईले पुष्टि गरे। आबे २६ सेप्टेम्बर २००६– २६ सेप्टेम्बर २००७ र २६ डिसेम्बर २०१२– १६ सेप्टेम्बर २०२० गरी दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।

पूर्वपरराष्ट्र सचिव भट्टराईका अनुसार आबेका मावली हजुरबुवा नोबुसुके किसी भने पूर्वप्रधानमन्त्रीका रूपमा नेपाल भ्रमणमा आएका थिए। उनी सन् १९५७ देखि १९६० सम्म जापानको प्रधानमन्त्री भएका थिए । प्रचण्ड ५ दिने भ्रमणका लागि जापान पुगेका हुन् । उनी विभिन्न संघ संस्थाको कार्यक्रममा सहभागी भएर फर्किनेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports