प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रौतहट बाटै चुनाव जितेका र प्रधानमन्त्री समेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि भाँचेनन् : ओली

559
shares

रौतहट ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहट बाटै चुनाव जितेका र प्रधानमन्त्री समेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका छन् ।

रौतहटमा गौरमा भएको पार्टी प्रवेश कार्यक्रमलाई संवोधन गर्दै ओलीले भने, ‘तपाईंहरुलाई थाहा छ, अरुले २०–२५ वर्षमा गर्न नसकेको काम नेकपा एमालेले ३ वर्षमा गरेर देखायो, तर माधवकुमार नेपालले २१ महिना प्रधानमन्त्री हुँदा सिन्को पनि भाँचेनन् ।’

प्रभु साह, रघुवीर महासेठले रौतहटमा मात्र नभई तराइ मधेस क्षेत्रमा धेरै काम गरेको र योजना ल्याएको उनले बताए । ‘म प्रधानमन्त्री हुँदा तराइका मेची देखि महाकाली सम्मकै जिल्लामा विकासका काम गरेँ,’ उनले भने, ‘हुलाकी राजमार्ग भन्नुहोस्, कि रेलमार्ग भन्नुहोस्, धेरै योजनामा पैसा पठाएँ, धेरै काम भएका छन् ।’

उनले तराइ मधेसको विकास गर्न र देशलाई समृद्ध बनाउन एमालेले अबको चुनाव जित्नु पर्ने बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports