kumari
stcnepal

भारतको बिहार प्रदेशका मुख्यमन्त्रीको राजिनामा, फेरी उनै मुख्यमन्त्री हुने

काठमाडौं ।नितिश कुमारले बिहारको मुख्यमन्त्री पद बाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीए बाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपी सँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।

नितिश कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरू सँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पद बाट राजीनामा बुझाएका छौँ ।’ अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्। एजेन्सी

footer