विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतको बिहार प्रदेशका मुख्यमन्त्रीको राजिनामा, फेरी उनै मुख्यमन्त्री हुने

663
shares

काठमाडौं ।नितिश कुमारले बिहारको मुख्यमन्त्री पद बाट राजीनामा दिएका छन् । नितिश कुमारले राज्यपाल फागु चौहानलाई भेटेर राजीनामा दिएका हुन् । राज्यपाललाई भेटेपछि नितिश कुमारले पत्रकारहरूलाई आफूले राजीनामा दिएको जानकारी दिए। उनले पार्टीका सबै विधायक र सांसदहरू एनडीए बाट अलग हुन चाहेको जिकिर गरे। गठबन्धनमा संलग्न बीजेपी सँग मतभेदका बीच जनता दल-यूले मंगलबार विधायक र सांसदहरूको बैठक बोलाएको थियो।

नितिश कुमारले भने, ‘लोकसभाका सांसद र सबै विधायकहरू सँग बैठक बसेका थियौँ । सबैको चाहना थियो कि हामीले एनडीए छोड्नुपर्छ। हामीले स्वीकार गरेका छौं । त्यसपछि हामी यहाँ आएर एनडीए सरकारको मुख्यमन्त्री पद बाट राजीनामा बुझाएका छौँ ।’ अब नितिश कुमारले आरजेडीको समर्थनमा नयाँ सरकार बनाउने विश्वास गरिएको छ । काँग्रेस र अन्य विपक्षी दलहरूले पनि नितिश कुमार नेतृत्वको नयाँ सरकारलाई समर्थन गर्ने संकेत गरेका छन्। एजेन्सी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports