विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाबुराम भट्टराई कांग्रेसको शरणमा

533
shares

काठमाडौं ।नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादव बालुवाटार गएका छन्। आगामी चुनाव बारे गठबन्धन गरेर जाने विषयमा कुराकानी गर्न भट्टराई र यादव आज बालुवाटार गएका हुन्। समाजवादी पार्टी सत्ता गठबन्धनमै रहेर मंसिर ४ को चुनावमा जान चाहेको छ।

आगामी चुनावमा गठबन्धन गरेर जानेबारे प्रधानमन्त्री शेरबहादुर देउवा सँग छलफल गर्न भट्टराई र यादव बालुवाटार गएका हुन्। समसामयिक राजनीतिक घटनाक्रम बारे छलफल केन्द्रित रहेको समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले जानकारी दिए।

‘चुनावी गठबन्धन लगायत बारे पनि कुरा हुन्छ,’ उनले भने। बाबुराम गोरखा २ मा चुनाव लड्ने तयारीमा छन् भने महिन्द्र सर्लाहीमा चुनाव लड्ने तयारीमा छन्। समाजवादी पार्टीले आफूहरू सत्ता गठबन्धनमै रहेको बताउँदै आएको छ। जसपा छाडेर बाबुराम र महिन्द्रले नयाँ पार्टी हालसालै गठन गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports