विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक सरुवा

533
shares

काठमाडौं ।नेपाल प्रहरीका ३४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।प्रहरी प्रधान कार्यालयले प्रहरी प्रधान कार्यालय जनसम्पर्क उपशाखा, महानगरीय अपराध महाशाखा टेकु, प्रहरी प्रधान कार्यालय सुरक्षा, सेवा व्‍यवस्थापन निर्देशनालय, अपराध अनुसन्धान विभाग लागू औषध शाखा, प्रशासन विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज लगायतका डिएसपीहरुको सरुवा गरेको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार प्रहरी प्रधान कार्यालय जनसम्पर्क उप-शाखामा कार्यरत होमबहादुर थापा नेपाल प्रहरीको प्रधान कार्यालय कार्यविभाग सुरक्षा सेवा व्‍यवस्थापन महाशाखा सुरुवा भएका छन् भने महानगरीय अपराध महाशाखा टेकु, काठमाडौं स‌गठित साइबर आर्थिक एवं विशेष अपराध शाखामा कार्यरत किरण प्रसाद न्‍यौपानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा गरिएको छ ।

यस्तै प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गणमा कार्यरत केशर बहादुर कार्कीलाई नेपाल प्रहरी गण सामाखुसीमा सरुवा गरिएको छ भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग लागु औषध शाखामा कार्यरत दुदिमाया लामा नेपाल प्रहरी प्रदेश कार्यालय शान्ति सुरक्षा तथा प्रहरी कार्य शाखा बनेपा, काभ्रेमा सरूवा भएकी छन् । यस्तै बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत फणिन्द्र रानाभाटलाई नेपाल प्रहरी अस्पताल महाराजगञ्ज प्रशासनमा सरुवा गरिएको छ

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports