रिक्त रहेको एक सचिव पदका लागि तीन जनाको नाम सिफारिस
वि.सं.२०७९ भदौ ३ शुक्रवार १४:०८
shares

काठमाडौं ।रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ । बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले यी तीन मध्ये एक जनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।
सिफारिस भएकामध्ये उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन् । यस्तै दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् भने घिमिरे चीनमा महावाणिज्य दूत हुन् ।





































