linktrix Long Ad
Salt Trading Long Ad

पार्टीमा संघर्षमा जान होइन, पदका निम्ति प्रतिस्पर्धा हुन्छ : प्रचण्ड

741
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा संघर्षमा जान होइन, पदका निम्ति प्रतिस्पर्धा हुने गरेको गुनासो गरेका छन् ।

शुक्रबार काठमाडौंमा भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको स्मरण गरे ।

तर आजभोलि नमिठो अनुभव हुन थालेको भन्दै उनले भने, ‘मैले यो पद किन नपाउने भनेर पदका निम्ति, प्रतिष्ठाका निम्ति, सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ । संघर्षका निम्ति प्रतिस्पर्धा कम हुने गरेको छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports