विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पदाधिकारीको नाम टुंगो लगाउन आज पनि माओवादी बैठक बस्दै

585
shares

काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ । बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको छ ।

हिजो बसेको बैठकले पदाधिकारी छनोट गर्ने बताइए पनि सो विषय यथावत रहेपछि आज पुनः बैठक बस्न लागेको हो । प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज दिउँसो १ बजे बैठक बस्ने छ । पदाधिकारीको संख्या लगायत विषय बैठकले टुंगो लगाउने उनले बताए ।

माओवादीले महाधिवेशन सकिएको लामो समयसम्म पार्टीले पदाधिकारी चुन्न सकेको छैन । पदाधिकारीको विषय अहिले भने अन्तिम चरणमा पुगेको नेताहरु बताउँछन् । महासचिव को हुने भन्ने विषय अझै अर्णीत छ । महासचिव कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णय लिन सकेका छैनन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports