विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री सहित १५ जनालाई आरोपी बनाइ एफआईआर दर्ता

520
shares

काठमाडौं ।सीबीआईले शुक्रबार दिल्लीका उपमुख्यमन्त्री तथा शिक्षामन्त्री मनिष सिसोदियाको निवास सहित देशका सात राज्यका करिब २० ठाउँमा छापा मारेको छ । समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै सीबीआईले यस सम्बन्धमा एफआईआर दर्ता गरेको बताएको छ। यसमा सिसोदिया सहित १५ जनालाई आरोपी बनाइएको छ ।

यो एफआईआर छापा मार्नु भन्दा दुई दिन अघि अगस्त १७ मा दर्ता गरिएको हो। एफआईआरमा अन्तःशुल्क विभागका अधिकारी, रक्सी कम्पनीका अधिकारी र डिलरको नाम समावेश छ। यस सँगै अज्ञात सरकारी अधिकारी र निजी व्यक्तिको नाम पनि राखिएको छ ।

अभियुक्तहरू माथि षड्यन्त्र गरेको अभियोगमा दफा १२०-बी, लेखा हेरफेर गरेको आरोपमा ४७७-ए र भ्रष्टाचार निवारण ऐनको दफा ७ अन्तर्गत मुद्दा चलाइएको छ। एफआईआरमा सिसोदिया बाहेक अर्वा गोपी कृष्ण, आनन्द तिवारी, पंकज भटनागर, विजय नायर, मनोज राई, अमनदीप ढल, समीर महेन्द्रु, अमित अरोरा, दिनेश अरोरा, सन्नी मारवाह, अरुण रामचन्द्र पिल्लै, अरुण पाण्डे, बडी रिटेल प्रालि र महादेव लिकरको नाम राखिएको छ ।एजेन्सी

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports