विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज आन्दोलनरत कर्मचारीले सिंहदरबार प्रवेश गर्ने गेट अगाडि पर्चा वितरण गरे

546
shares

काठमाडौं ।कर्मचारी मैत्री निजामती सेवा ऐन छिटो जारी गर्न माग गर्दै कर्मचारीहरुले आज सिंहदरबार प्रवेश गर्ने गेट अगाडि पर्चा वितरण गरेका छन् । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने विभिन्न माग राखी तयार गरिएको पर्चा सिंहदरबार भित्र जाने मन्त्री, सांसद, उच्च अधिकारी तथा सेवाग्राहीहरुलाई लक्षित गरी वितरण गरिएको छ।

नेपाल नेजामती कर्मचारी संगठनका उपमहासचिव रामचन्द्र अधिकारीले कर्मचारीहरु आन्दोलित हुनु परेको कारण बारे जानकारी दिन र कर्मचारी मैत्री ऐन जारी गर्न सरकारलाई दबाब दिन गेट अगाडि भेटिने सबैलाई पर्चा वितरणको कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार सिंहदरबार प्रवेश गर्ने पूर्व, पश्चिम र दक्षिण गेट अगाडि पर्चा वितरणको कार्यक्रम राखिएको हो । आज बिहान साढे ९ बजेदेखि सुरू भएको यो काम बिहान साढे १० बजेसम्म जारी रहने छ । यसैगरी भोलि देखि कालोपट्टी बाँधेर काम गर्ने, सबै सरकारी कार्यालय अगाडि कर्मचारीका माग लेखिएका कालो ब्यानर टाँग्ने कार्यक्रम तय गरिएको अधिकारीले बताए ।

नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन र जसपा निकट नेपाल मधेशी निजामती कर्मचारी मञ्चले संयुक्त ट्रेड युनियन सन्जालको ब्यानरमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सन्जालले ११ बुँदे माग अघि सार्दै यही भदौ २ गते दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । सोही कार्यक्रम अनुसार आज सिंहदरबारको गेट अगाडि पर्चा वितरण गर्ने र भोलि हातमा कालोपट्टी बाँधेर काम गर्न लागिएको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports