विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी

637
shares

काठमाडौं ।सरकारले भन्सार छुटमा दशैं–तिहारका लागि ५० हजार मेट्रिकटन चिनी ल्याउने तयारी गरेको छ । पूर्ण सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले बिक्री गर्ने गरी भन्सार छुटमा उक्त परिमाणको चिनी ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

‘खाद्यलाई १० हजार मेट्रिकटन र साल्टलाई ४० हजार सहुलियतको चिनी ल्याउन लागिएको हो,’ वाणिज्य मन्त्रालय स्रोतले भन्यो,‘ यसका लागि अर्थ सँग सहमति मागेर पत्राचार गरिएको छ ।’ भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो ११० रुपैयाँ सम्म पुगेको छ । भन्सार छुटमा चिनी ल्याएर चाडपर्वमा उपभोक्तालाई सहुलियतमा चिनी बिक्री यस्तो प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । अहिले खाद्य र साल्ट दुवै कम्पनी सँग चिनी छैन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports