गिरीलाई श्रद्धान्जली दिन केपी ओली पुगे आर्यघाटमा
वि.सं.२०७९ भदौ ५ आइतवार १७:१६
shares

काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरि प्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् । उनले आर्यघाटमा चिता माथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे ।
शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपा बाट आर्यघाट लगिएको थियो ।





































