पुष्पकमल दाहालका घरबेटी कालो सूचीमा
वि.सं.२०७९ भदौ ८ बुधवार १३:२८
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी तथा निर्माणको ठेक्का लिएर काम अलपत्र पारेको भन्दै पटक–पटक आलोचना हुने शारदाप्रसाद अधिकारी सञ्चालक रहेको सैलुङ कन्सट्रक्सन कम्पनीलाई कालोसूचीमा राखिएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौंले बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर सैलुङलाई कालोसूचीमा राखिएको जनाएको छ ।
सूचनामा शैलुङको मुख्य व्यक्ति भनेर अनुप अधिकारीको नाम समावेश छ । सैलुङले बालाजु–रानीपौवा सडक निर्माण नगरी लापरबाही गरेपछि ३ वर्षका लागि कालोसूचीमा राखिएको हो । सैलुङ सहित १० कम्पनीलाई कालोसूचीमा राखिएको छ ।





































