विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिका बाट पुरातात्विक महत्वको दूर्गाको मूर्ति नेपाल फर्काइँदै

650
shares

काठमाडौं ।पुरातात्विक महत्वको दूर्गाको एक मूर्ति अमेरिका बाट नेपाल फर्काइने भएको छ ।म्यानहटन जिल्ला सरकारी वकिलको कार्यालयमा विशेष समारोह आयोजना गरी दूर्गाको १३.२५ इन्चको उक्त मूर्ति न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासका अधिकारीलाई हस्तान्तरण गरिसकिएको छ । समारोहमा म्यानहटन जिल्ला न्यायाधिवक्ता एल्भिन एल ब्रागले कार्यवाहक महावाणिज्यदूत विष्णु गौतमलाई मूर्ति हस्तान्तरण गरे ।

१४ औं देखि १८ औं शताब्दी पुरानो अनुमान गरिएको उक्त मूर्ति १९६० मा काठमाडौं उपत्यका बाट हराएको थियो । उक्त मूर्तिलाई सन् २०२२ को मार्चमा एक निजी घरमा लिलामीमा राखेको पाइएको थियो । त्यसको मूल्य करिब १२ हजार अमेरिकी डलर तोकिएको थियो ।

महावाणिज्य दूतावास, म्यानहटन जिल्ला महान्यायाधिवक्ताको कार्यालय, अमेरिकाको होमल्याण्ड सेक्युरिटी अनुसन्धान विभाग र नेपालको पुरातत्व विभागले यसको पुनः प्राप्तीमा सहयोग गरेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports