linktrix Long Ad
Salt Trading Long Ad

एक महिनामा २ अर्ब ५० करोडको भन्दा बढी मूल्यका मोबाइल आयात

819
shares

काठमाडौँ – एक महिनामा नेपालमा साढे दुई अर्ब रुपैयाँ भन्दा बढीको मोबाइल फोन (स्मार्टफोन) नेपाल भित्रिएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा सो मूल्य बराबरको मोबाइल फोन नेपालमा भित्रिएको हो।

भन्सार विभागका अनुसार गत साउन महिनामा कुल २ अर्ब ५७ करोड ४३ लाख ५७ हजार रुपैयाँको मोबाइल विभिन्न देश बाट नेपालले आयात गरेको छ। सो मूल्यमा नेपालमा १ लाख ७६ हजार २४९ वटा मोबाइल सेट नेपालमा भित्रिएको विभागले जनाएको छ। गत आर्थिक वर्ष २०७८/७९ को साउनमा नेपालले विभिन्न देश बाट ४ अर्ब ८२ करोड ६७ लाख ८३ हजार रुपैयाँमा ६ लाख ६७ हजार ५१८ वटा मोबाइल सेट आयात गरेको थियो।

नेपालमा सबैभन्दा बढी मोबाइल फोन चीन बाट आउने गरेको छ। गत साउनमा मात्र चीन बाट १ अर्ब ९८ करोड २० लाख रुपैयाँको मोबाइल फोन नेपालमा भित्रिएको छ। चीनपछि भारत बाट नेपालमा ठूलो मूल्यका मोबाइल सेट आउने गरेको छ। गत साउनमा भारत बाट नेपालले ५० करोड २६ लाख १२ हजार रुपैयाँको मोबाइल सेट आयात गरेको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports