linktrix Long Ad
Salt Trading Long Ad

महानगरपालिकाले अनधिकृत संरचना भत्काउन थालेपछि घरधनी आफैंले भत्काउन सुरु

767
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाले बालाजु स्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले त्यस्ता संरचनाहरु भत्काउन सुरु गरेका छन् ।

डोजर लगाउँदा थप क्षति हुने भन्दै घरधनीहरुले कवाडी सामग्री संकलन गर्ने व्यक्तिहरु मार्फत संरचनाहरु भत्काउन थालेका हुन् । भत्काइका संरचना लैजान दिने शर्तमा उनीहरुले फुटपाथ मिचेर बनाइएका होर्डिङ बोर्ड, पाली (ट्रस) बनाउन प्रयोग भएका फलाम, जस्ताजन्य सामग्रीहरु हटाउने काम भइरहेको महानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिकाले फुटपाथ क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना दैनिक जसो भत्काइरहेको छ । आइतबार कोटेश्वर क्षेत्र वरपरको अनधिकृत संरचना हटाएको महानगरले सोमबार गोंगबु बसपार्क क्षेत्र वरपरका अवैध संरचना माथि डोजर चलाएर हटाउन सुरु गरेको हो । महानगरले मित्रनगर क्षेत्रमा रहेको होटल पीआर बाग्लुङ स्याङ्जा रहेको घरको वेसमेन्टमा जाने भर्‍याङमा डोजर चलाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports