युवा लक्षित सामसुङ्ग ग्यालेक्सी ए–१३ बजारमा
वि.सं.२०७९ भदौ २० सोमवार १६:४७
shares

काठमाडौ । सामसुङ्गले आफ्नो लामो प्रत्याशित सामसुङ्ग ग्यालेक्सी ए–१३ बजारमा लन्च गरेको छ । यसले सामसुङ्गले कायम राखेको उच्च गुणस्तर र अत्याधुनिक प्रविधिको दायरामा बनेको छ र त्यो पनि अझ पहुँचयोग्य बनाएर । यो सामसुङ्गको सिरिज पोर्टफोलियोमा सबैभन्दा किफायती फोन हो ।
क्वाड क्यामेरा सेटअप, लामो समयसम्म चल्ने ब्याट्री, ठूलो स्क्रिन र विस्तारित स्टोरेजको लागि स्पेस । आफ्नो फोन प्रयोग गरेर गुणस्तरीय कन्टेन्ट उत्पादन गर्न खोज्ने क्रेताहरूको माग पूरा गर्नको लागि यो एक उत्तम कम्बो रहेको जनाएको छ ।
सामसुङ्ग ग्यालेक्सी ए–१३ ले युवा क्रेताहरूलाई सबै हाइ–एण्ड सुविधाहरू जस्तै हाइ–रिजोल्युसन फोटोग्राफी, क्रिस्प डिस्प्ले र यसको शक्तिशाली प्रोसेसर सहितको फोन उचित मूल्यमा दिन्छ, जसले यो फोनलाई कुनै पनियुवा कन्टेन्ट क्रेताहरूका लागि टीमको लागि मूल्यवान मेम्बर बनाउँछ ।





































