विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

निर्वाचन प्रकृया सुरू, आज र भोली समानुपातिक तर्फका उम्मेदवारहरुको नामावली निर्वाचन आयोगमा बुझाउनु पर्ने

754
shares

काठमाडौं ।नयाँ संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेश सभाको अवधिका लागि निर्वाचन प्रक्रिया आइतबार सुरु हुँदै छ । नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबार देखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दै छ । प्रतिनिधि चयनको तयारी निर्वाचन आयोगले दुई महिना अगाडि देखि नै सुरु गरिसकेको छ तर बन्दसूची पेस गर्ने समय देखि मतदान सम्म आइतबार देखि ६३ दिन बाँकी छ ।

राजनीतिक दलहरूलाई समानुपातिक तर्फको बन्दसूचीमा नाम पेस गर्न असोज २ र ३ गते दुई दिनको समय दिइएको छ । आगामी चुनाव बाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणाली बाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६५ जना सदस्य निर्वाचित हुनेछन् ।

राजनीतिक दलहरूले बन्दसूचीमा उम्मेदवारको नाम राख्दा निर्वाचित हुने कुल सदस्य सङ्ख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार गर्नुपर्नेछ । जसमा ५० प्रतिशत अनिवार्य रूपमा महिला उम्मेदवार हुनुपर्छ । त्यसैगरी समावेशी सिद्धान्त बमोजिम उम्मेदवारको नाम पेस गर्नुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनमा व्यवस्था छ ।

समानुपातिक निर्वाचन प्रणालीको बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया निर्वाचन आयोगमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सम्पन्न हुनेछ । राजनीतिक दलले बन्दसूचीमा नाम पेस गरेको केही दिन भित्रै आयोगले निर्वाचन आचारसंहिता समेत लागू गर्ने तयारी गरेको छ । प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया सुरु गर्न आयोगले असोज ११ गते निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत नियुक्त गर्नेछ । असोज २३ गते देखि प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम सुरु हुनेछ । उक्त दिन नै मनोनयन दर्ता सुरु गर्नका लागि असोज २१ गते प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरणपछि राजनीतिक दल तथा उम्मेदवारहरू निर्वाचन प्रचार प्रसारमा जुट्नेछन् । कात्तिक २५ गतेभित्र आयोगले अधिकांश मतपत्र छाप्ने कार्य टुङ्ग्याउने, मतदान सामग्री ढुवानी गर्ने, मतदान अधिकृत र कर्मचारी नियुक्त गर्नेगरी निर्वाचन तालिका छ । मङ्सिर ४ गते बिहान सात बजे देखि साँझ पाँच बजेसम्म हुने मतदान भन्दा ४८ घण्टा अगाडि मङ्सिर १ गते राति १२ बजे देखि निर्वाचन प्रचार प्रसारमा रोक लगाइनेछ । आयोगले मतदान सकिए लगत्तै प्रक्रिया पूरा गरेर मङ्सिर ४ गते देखि नै मतगणना सुरु गर्ने जनाएको छ ।

निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएपछि आयोगले निर्वाचन परिणाम सहितको प्रतिवेदन नतिजा घोषणा भएको सात दिन भित्र राष्ट्रपति समक्ष पठाउनेछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति बाट अधिवेशन आह्वान गरेपछि प्रतिनिधि सभाको नयाँ कार्यकाल सुरु हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports