linktrix Long Ad
Salt Trading Long Ad

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

780
shares

काठमाडौं ।साढे २२ लाख रुपैयाँ सहित पक्राउ परेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । नागरिक उड्डयन महाशाखामा कार्यरत उपसचिव नेपालले प्याराग्लाइडिङ सञ्चालनको अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइदिने भन्दै बीबी एयरवेज बाट ६ लाख रुपैयाँ घुस लिएको अख्तियारले बताएको छ ।

अख्तियारले उनलाई साउन १७ गते काठमाडौं महानगरपालिका–१ मनकामना मार्गको होटल अरण्यको कम्पाउण्ड बाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको थियो । पछि उनले चढ्ने गाडीमा खानतलासी गर्दा १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।अख्तियारले उनले ६ लाख रुपैयाँ घुस लिएको र बाँकी १६ लाख ५० हजार रुपैयाँ बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठ सँग सापटी लिएको बताएको छ ।

प्याराग्लाइडिङको इजाजतपत्र नवीकरण सम्बन्धी काम गरिदिएवापत बीबी एयरवेजका सीईओबाट सापटी लिनु भ्रष्ट्राचारजन्य काम नै भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । त्यस्तै अख्तियारले बीबी एयरवेजका सीईओ श्रेष्ठ विरुद्ध पनि भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । उनले काम गरिदिए वापत रकम सापटी दिनु भ्रष्ट्राचार मानिने अख्तियारको दावी छ । अख्तियारले उपसचिव नेपाल र बीबी एयरवेजका सीईओ श्रेष्ठ विरुद्ध विशेष अदालतमा भ्रष्ट्राचार मुद्दा दायर गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports