जबराको सरकारी निवासमा पुग्यो मानवअधिकार आयोग
वि.सं.२०७९ असोज २ आइतवार १४:४२
shares

काठमाडौं ।राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको निवासमा पुगेको छ ।
जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगले अनुगमनका लागि सहसचिवको नेतृत्वमा टोली पठाएको हो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले सर्वोच्च अदालत र जबराको निवासमा टोली गएको पुष्टि गरे ।
१ फागुन २०७८ मा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश जबरा निलम्बनमा परेका थिए । महाभियोग बारे निर्णय नगरी १ असोजको मध्यरात बाट प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल सकिएपछि जबराले सर्वोच्चमा फर्किने भन्दै प्रशासनमा खबर पठाएका थिए । त्यस लगत्तै उनको निवासमा सुरक्षा सतर्कता बढाइएको छ ।





































