निर्वाचन आयोगले आज राजनितिक दलहरू सँग आचारसंहिता बारे छलफल गर्दै
वि.सं.२०७९ असोज ९ आइतवार ०७:२५
shares

काठमाडौं ।निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख तथा पदाधिकारी सँग आज छलफल गर्दैछ । संघीय संसद् तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख तथा पदाधिकारी सँग चुनाव लक्षित छलफल गर्न लागिएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यन्वयन सम्बन्धमा दलहरू सँग अन्तरक्रिया गरिने बताए । छलफलमा प्रधानमन्त्री, गृहमन्त्री सहित १२ राजनीतिक दलका प्रमुख र पदाधिकारीलाई निमन्त्रणा गरिएको छ ।
आयोगले केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ । त्यसअघि दलहरूको प्रतिवद्धता लिन आयोगले छलफल गर्न लागेको हो ।





































