विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली कांग्रेसको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यून मात्र, सूची नै हेर्नुहोस

832
shares

काठमाडौं ।नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यून मात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् । संस्थापन इतर पक्षबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।

बन्दसूचीमा आफूहरुको सम्मानजनक प्रतिनिधित्व नगराइएको भन्दै डा. शेखर कोइराला पक्ष रुष्ट छ । उसले प्रत्यक्षको सिट बाँडफाँट र टिकट वितरणमा न्याय नभए चुनाव हारिने चेतावनी दिएको छ । नेपाली कांग्रेसको बन्दसूचीको पहिलो नम्बर विमलेन्द्र निधिको नाम छ । त्यसपछि क्रमशः फरमुल्लाह मन्सुर, जीवन परियार, डा. प्रकाशरण महत र आनन्दप्रसाद ढुंगाना छन् । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आठौं नम्बरमा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण नवौं नम्बरमा छन् ।

शेखर पक्षका नेता अर्जुन नरसिंह केसीको नाम समानुपातिक तर्फ सिफारिस गरिए पनि बन्द सूचीमा राखिएको छैन । मेडिकल कलेज सञ्चालक विवादित व्यक्ति खुमाप्रसाद अर्याल भने बन्द सूचीमा अटेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports