सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीमा विज्ञ शाह एआईआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा चयन

728
shares

काठमाडौं ।विकासशील राष्ट्रहरूको बिमा तथा पुनर्बिमा कम्पनीहरूको २३ औँ सम्मेलन घानाको राजधानी आक्रामा सेप्टेम्बर २७ मा सम्पन्न भएको छ । सम्मेलनले नेपालका हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीईओ विजयबहादुर शाहलाई कार्यकारी बोर्ड ट्रस्टीमा चयन गरेको छ ।

सम्मेलनले प्रेसिडेन्टमा घानाकै क्वालिटी जीवन बीमा कम्पनी लिमिटेड चेयरम्यान हारुन् इसा अनफुरेलाई चयन गरेको छ भने भाइस प्रेसिडेन्टमा बैंकक बीमा पब्लिक कम्पनी थाइल्यान्डका सीईओ च्याइ सोफोनपानिच चयन भएका हुन् ।

सम्मेलनले बहराइनको ट्रस्ट रि का कार्यकारी सञ्चालक यासिर अलबहारना, नेपाल बाट हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीइओ विजय बहादुर शाह, फिलिपिन्सका मर्केन्टाइल बीमा कम्पनीका स्वतन्त्र सञ्चालक अस्तर ट्यान, बीमा र पेन्सन आयोग आयुक्त ग्रेस मुरादर्जीक्व, श्रीलङ्काको सिलिन्को बीमाका चिफ टेक्निकल अफिसर जगथ अल्विस, तान्जानिया पुर्न बीमा कम्पनीका चेयरम्यान विल्सन एनडेसान्जो र म्यानुअल एस्कोबेडोलाई चयन गरेको हो ।

सम्मेलनमा जनरल इन्स्योरेन्स भारतका चेयरम्यान दिवेस श्रीवास्तव बाहिरिएका थिए । एआइआरडिसी एक्जुकेटिभ बोर्ड ट्रस्टीको कार्यकाल आगामी २०२४ सम्म २ वर्षको हुनेछ ।नेपाल बाट यसअघि नै शाहले सन २०१६–२०१८ मा भाइस प्रेसिडेन्ट र २०१८–२०२० मा प्रेसिडेन्ट भएर काम गरिसकेका थिए । शाहलाई नेपालमा मात्रै होइन एआइआरडिसी राष्ट्रले समेत बिमा विज्ञको रूपमा मान्दै आएको छ । एआइआरडिसीमा ३६ डेभलपमेन्ट देशहरू आबद्ध रहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports