सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रत्यक्ष तर्फ ५७ राजनीतिक दलको उम्मेदवारी

533
shares

काठमाडौं ।आगामी मंसरि ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष तर्फ ५७ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । ती दलले एक हजार चार सय ३३ पुरुष र एक सय ५० महिला उम्मेदवार उठाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आठ सय ५८ पुरुष र ८५ महिला गरी नौ सय ४३ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली ‘प्रत्यक्ष’ तर्फ दुई हजार दुई सय ९१ पुरुष र दुई सय ३५ महिला गरी दुई हजार पाँच सय २६ को उम्मेदवारी परेको छ ।

प्रत्यक्ष तर्फ प्रदेश नं १ मा पाँच सय ४८ जनाले उम्मेदवारी दिएका छन् । चार सय ९३ पुरुष र ५५ महिलाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश एकमा ३० दल र स्वतन्त्रले उम्मेदवारी दिएको जनाइएको छ । मधेश प्रदेशमा प्रत्यक्ष तर्फ एक हजार ५५ जनाको उम्मेदवारी परेको छ । नौ सय ७८ पुरुष, ७६ महिला र अन्यमा एक जनाले उम्मेदवारी दिएका छन् । मधेश प्रदेशमा ३७ दल र स्वतन्त्रले उम्मेद्वारी दिएका छन् ।

वाग्मती प्रदेशमा ३२ दल र स्वतन्त्रले गरी प्रत्यक्ष तर्फ सात सय एक जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष छ सय १९ र महिला ८२ छन् । गण्डकी प्रदेशमा २३ दल र स्वतन्त्र गरी प्रत्यक्ष तर्फ दुई सय ७१ जनाको उम्मेदवारी परेको छ । जसमा पुरुष दुई सय ३७ र महिला ३४ जना छन् ।

लुम्बिनी प्रदेशमा प्रत्यक्ष तर्फ २५ राजनीतिक दल र स्वतन्त्र गरी पाँच सय ३२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा पाँच सय पुरुष र ३२ महिला छन् । कर्णाली प्रदेशमा प्रत्यक्षतर्फ १६ राजनीतिक दल र स्वतन्त्र गरी एक सय ४३ जनाको उम्मेदवारी परेको छ । जसमा एक सय ३९ पुरुष र चार महिलाको उम्मेदवारी रहेको आयोगले जनाएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ २० राजनीतिक दल र स्वतन्त्र गरी दुई सय २६ जनाको उम्मेदवारी परेको छ । जसमा दुई सय १२ पुरुष र १४ महिलाको उम्मेदवारी परेको जनाइएको छ । यो तथ्याङ्क सोमबार साँझ सम्म आयोगको प्रणालीमा प्रविष्ट भएका आधारमा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports