विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हामी यता छौँ भन्नेहरु अहिले कहाँ छन् त ?

702
shares

 

काठमाडौ । गत साल भाद्र तेस्रो साता तत्कालिन केपी ओली नेतृत्वको सरकारको विरोध गर्दै माइतीघर मण्डलामा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधव नेपाल सरकार कहाँ छ हामी हामी यहाँ छौँ भनेर धर्ना बसेका थिए । त्यसबेला तत्कालिन नेकपा कम्युनिष्ट पार्टी भित्रको विवाद चरम उत्कर्षमा पुगेको थियो ।
त्यसबेला कोरोना महामारी नै फैलिएको भएपनि भुइँमा बसेका देउवा, दाहाल र नेपालले माक्ससम्म लगाएका थिएनन् उनीहरुले एकै साइजका प्ले कार्ड छात्तीमा झुण्डाएका थिए लेखिएको थियो–हामी यहाँ छौँ भनेर ।
सर्बोच्च अदालतको परमादेश अनुसार शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय सरकार बन्यो । तर, त्यही सरकारले उनीहरु जसरी नै माइतीघर मण्डलामा धर्नामा बसेका र बस्दै गरेका व्यक्ति र समूहमाथि लाठी प्रहार गरेर आफ्नो सत्तामोहको चरित्र समेत देखाएको छ ।
कृषकहरुले उखु विक्रिको पैसा मिल मालिकहरु नदिएको भन्दै पटक पटक त्यही मण्डलामा धर्ना बस्न बाध्य भए तर, प्रहरीले लाठी चार्ज ग¥यो तर पनि उनीहरुले पैसा पाएनन् । सरकारले पैसा दिने समय सीमा नै तोकेर धर्नाको अन्त्य गरायो तर कृषकहरुलाई पैसा दिइएन ।
यसरी आफैँ धर्नामा बस्दा आफ्ना माग पूरा गराएको पाँच दलीय गठबन्धनले जनताका कुरा भने सुनेको छैन । हामी यहाँ छौँ भनेर सरकारको नेतृत्वमा पुगेका र सरकारमा सहभागि भएका दलहरु अहिले फेरी जनतालाई झुक्याउन साझा अपिलमार्फत पाँच दलीय गठबन्धनलाई जिताउन जनतासँग आग्रह गरिरहेका छन् । तर के का लागि भनेर उनीहरु प्रष्ट रुपमा भन्न सकेका छैनन् ।
पाँच दलीय गठबन्धनले संविधानको रक्षाका लागि र देश विकासका लागि भनेपनि संविधानको उल्लंघन त उनीहरुले नै गरेका छन् । संसदको अधिकार अदालतले खोसेर अदालतको परमादेशमा प्रधानमन्त्री बनाउन आदेश दिने अदालतको आदेश संविधान विपरित थियो र छ तर पाँच दलले त्यसलाई वेवास्ता गर्दै आएका छन् ।
२०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा बढी सत्ताको नेतृत्व नेपाली कांग्रेसले गरेपनि किन देश विकास भएन र जनताको जीवन स्तरमा सुधार आएन त ? माओवादी केन्द्रका अध्यक्ष दाहाल समेत दुई पटक प्रधानमन्त्री भईसकेका छन् भने माधव नेपाल समेत प्रधानमन्त्री भईसकेका भएपनि उनीहरुको नेतृत्वको सरकारले किन जनताको आवश्यकता पूरा गर्न सकेन ?
अहिले फेरी पाँच दलीय अपवित्र गठबन्धन गरेर हामीलाई जिताउनुहोस् भन्नु मुलुकमा लुटतन्त्र मच्चाउनु र लोकतान्त्रिक व्यवस्थाकै ध्वज्जी उडाउनु बाहेक अन्य केही हुन सक्दैन । उनीहरुलाई जिताउनु भनेको लुटतन्त्रलाई प्रश्रय दिनु बाहेक अन्य केही हुन सक्दैन ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports