विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जनयुद्ध र जनआन्दोलनकारी नेता राम बन्न सकेनन्

520
shares

 

राजन कार्की
मंसिर ४ को निर्वाचन नजिकिदैछ । जुनसुकै नेताको नीति र नैतिकता, सिद्धान्त र अडान पग्लदै गएको देखिनु दुर्भाग्य हो । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले लोकतन्त्रको अभ्यास कुरुप हुँदैछ ।
भाषण समानता र समन्वयको गर्ने, व्यवहार विभेदपूर्ण र असमान गर्नेहरू नै सत्तामा छन्, प्रतिपक्षीमा छन् । अब त माओवादी दिउँसै कांग्रेस भइसक्यो, कांग्रेस विहानै माओवादी बनिसक्यो । एमाले र राजावादी एक छन्, मधेशवादी जोकरजस्तो छ, जता पनि मिल्छ, मिल्नसक्छ । विप्लव माओवादीले चुनाव बहिष्कार गरेको छ, उसैको भोटले कुन दलको पासा पल्टिन्छ भन्न सकिन्न ।
पार्टीलाई कतै पसल, कतै गुठी बनाएर चलाएपछि हुने क्षतबिक्षत नै हो । गणतन्त्रलाई स्वार्थ, सत्ता, सम्पत्ति, सम्पन्नता र एकाधिकारमा खडा गरेपछि गणतन्त्रमा गण गौण हुनपुग्छ । अलिकति विषले पोखरी विषालु बनाइदिन्छ, एउटी गणिकाले गणतन्त्रको धोती खोलिदिन्छे । अहिले त रिहर्सलमात्र भइरहेछ, यी सबै तमासाको फाइनल प्रदशैन मंसिर ४ गते हुनेवाला छ ।
सर्वहारा सर्वहारा मन्त्र जप्नेहरू सतित्व लुटेर कसरी पतित हुनेरहेछन्, समाजवाद समाजवाद भन्नेहरुले कसरी मौसमअनुसारको ट्यूनिक फेर्नेरहेछन्, नयाँ नेपाल बनाउने सपनालाई कसरी पिपको पोखरीमा परिणत गर्ने रहेछन्, यसका लागि विश्वामित्रको कठोर तपस्या मेनकाले कसरी भङ्ग गरेकी होलिन् भनेर पुराण पल्टाउन जरूरी रहेन । पालिका चुनावमा जे देखियो, त्योभन्दा चुनावको भद्दा मजाक मंसिर ४ गते देखिनेवाला छ ।
हुन सभामुखले ३ वर्षअघिको असोज १३ गतेको रात । एउटी कर्मचारीको सारी तान्दा सभामुखको मुहारमा दुर्योधन देखियो, कम्युनिष्टले चलाएको संघीय गणतन्त्रको तमासा त्यही थियो । अहिले कांग्रेसको नेतृत्वमा सरकार छ, तर हैकम जनवादीकै छ । जनवादी कांग्रेस हो कि कांग्रेस जनवादी छुट्याउन मुस्किल छ ।
पेशा वा सेवाका सात धर्म हुन्छन्– सिद्धान्तहीन राजनीति, श्रमविहीन सम्पत्ति, विवेकहीन भोगविलाश, चरित्रविहीन शिक्षा, नैतिकताविहीन व्यापार, मानवीयता विहीन विज्ञान र त्यागविहीन पूजा । नेपालको राजनीतिको गुढार्थ यत्ति हो ।
किनकि नेपाली शासन प्रशासन, कानुन व्यवस्थामा माथिका सातै धर्मको निर्वहन देखिन्न । जे देखिन्छ, त्यो अन्याय, अत्याचार, अमानवीयता, अराजनीति, अनुशासनहीनता, सिद्धान्तविहीनता, चरित्रहीनता, अनैतिकतामात्र देखिन्छ ।
लोकतन्त्र हुन तन्त्रमा लोक देखिनुपर्छ । गुलाफ हुन रङ होइन, बासना चाहिन्छ । हाम्रो गणतन्त्र कागजी गुलाफ हो, जसमा पटक्कै कुनै खालको सुवास छैन । कमल कोइरालाले त्यसै भनेका होइनन्– नेपाली कम्युनिष्ट पार्टी कन्दनी पार्टी बन्दैछ ।
शेक्सपियरले लेखेकै छन्– कायरहरू मृत्यु हुनुपूर्व धेरैचोटी मर्छन् । ठूला क्रान्ति गरेर आएकाहरूका हातमा सत्ता, शक्ति, प्रभाव त छ तर पटक मरिरहेका छन् । आफूमा भुइँफुट्टा संष्कार विकास गरेपछि मर्ने यसैगरी हो ।
हाम्रो लोकतन्त्र यसैगरी मरिरहेछ, लोकनेताको मृत्यु पनि यही हो । मान्छेको महिमा, पदको गरिमा, विश्वासको सम्मान, कर्तव्यको वोध नभएकाले परिवर्तनका पहरमा सूर्य उदाएको त हो, रुखमा हरियाली छाएको पनि हो, यो सूर्यले न्यानोपन दिन सकेन । रुखले छहारी दिएन ।
महिमा र गरिमा मण्डन गरेर खुशी खोज्नेहरूमा जे गरे पनि हुन्छ कसले के गर्नसक्छ भन्ने मानसिकता विकास भएको छ, त्यसैले अर्थ नजान्ने अर्थमन्त्री, कूटनीति नजान्ने परराष्ट्रमन्त्री, आठपासे राष्ट्रपति, भकभके प्रधानमन्त्री, आसेपासे नाताकुटुम्ब सबै सरकारी ज्वाईँसरह लाभका पदमा आसिन हुनपुगेका छन् र तिनले कार्यपालिकालाई मात्र होइन, व्यवस्थापिका र न्यायपालिकालाई समेत आदेशमा चल्ने हनुमान बनाएका छन् । बिधि बिग्रिएपछि राष्ट्र लथालिङ्ग हुनु स्वभाविक हो ।
हाम्रा केही नेता अर्नेस्ट हेमिङ्वे बन्न सक्थे । अनेस्ट तिनै व्यक्ति हुन् जसले एउटा प्रतियोगितामा समय हुन्जेल केही गरेनन् र समय घर्कन लाग्दा रातारात काम गरे । उनी पुरस्कृत भएनन् । उनलाई बाबुले सम्झाए– यो असफलता तिम्रो भावी सफलताको सिँढी हुनसक्छ । यो शिक्षालाई पालना गरेका अर्नेस्टले पछि साहित्यमा नोबेल पुरस्कार पाए । जनयुद्ध र जनआन्दोलनमा सफल भएका नेताहरूले शासन, कानुन व्यवस्था मिलाउन निरन्तर असफल भइरहेका छन् । यो असफलता सफलताको सिँढी हुनसक्छ भनेर तिनलाई सम्झाउने कोही छैन । सर्वेसर्वा तर टुहुरा नेताहरूको भीड छ नेपालमा । स्वार्थका लागि मिल्छन्, स्वार्थका लागि टुट्छन्, फुट्छन् । स्वार्थबाहेक यिनले केही जानेका छैनन् । राजनीति भनेको बेयरर चेक सम्झेका छन्, जसलाई जसरी पनि भजाउन सकिन्छ भन्ने भाइरस यिनको दिमागमा जुनसुकै बेला सलबलाइरहन्छ ।
बेलायतमा एउटा घटना अहिले पनि सम्झना गरिन्छ । तरबारबाजीमा निपुर्ण वाल्टर रेलाई एक युवकले लड्न ललका¥यो । ठिटासँग के लड्नु भनेर रेले अस्वीकार गरिदिए । त्यो युवकले रे लाई थुक्क भनेर अपमानित ग¥यो । वाल्टर रेको जवाफ थियो– तिमीले थुक्यौ, म सजिलै सफा गर्नसक्छु । मेरो तरवार तिम्रो छातीमा घोपीदिएँ भने तिमी सजिलै पुछ्न सक्छौ भने आउ लड्न । म तैयार छु । युवकले टाउको झुकायो र फक्र्यो ।
हाम्रा नेताहरू र त्यो युवक उस्तै लाग्छ । देशको छातीमा बिकृति र बिसंगतिको तरवार घोपिएको छ । त्यसलाई निको पार्ने यी नेताहरूसँग कुनै उपाय छैन । क्षमता छैन । त्यसैले भ्रमका खेती गरिरहेका छन् ।
जनयुद्ध र जनआन्दोलनको मर्म भनेको बिखण्डनवादीलाई माला, अखण्डवादीलाई बिभेद, निषेध थिएन । आज जो नेपालीत्व र एकता, देशभक्ति र जनसेवाको भुइँमा उभिएकै छैनन्, तिनीहरूका छातीमा नेपाल ताराको तक्मा झुण्डिएको देखिन्छ । यो परिवर्तनको असक्षम कार्यशैलीमाथिको अहं प्रश्न हो ।
जनयुद्ध र जनआन्दोलनमा कति मरे, कति अस्तव्यस्त छन्, यसको हिसावकिताव हुनसकेन । जुनसुकै प्रकारको युद्ध होस्, युद्ध भनेको राम र रावणकै हुन्छ र नाम पनि यिनैको आउँछ । जनयुद्ध र जनआन्दोलन जित्नेहरू राम बन्न सके कि सकेनन् ? मर्यादा नाघेर रामको नाम बद्नाम गर्नेहरू शासक बनेका छन्, सत्य यही हो र यो सत्य अस्वीकार्य किन भइरहेछ ? समयको प्रश्न छ यिनलाई– नयाँ नेपाल बनाउँछु, समृद्धि र शान्ति दिन्छु भन्नेहरूको नतिजा काँडामात्र हो । काँडाले देश र जनतालाई घोचिरहेछ, घोच्नु र पीडा दिनु खोजेको परिवर्तन हो र ?
समाजमा बिकृति छ, देशमा बिकृति छ । सुन्दर बनाउने जिम्मा लिएपछि जवाफदेहीता त लिनैपर्छ । ०४६ सालपछि सुन्दर बनेन भनेर ०६३ सालमा अर्को परिवर्तन भएको हो । परिवर्तन भएको १५ वर्षमा नेपाल कति सुन्दर भयो त ? सवाल छ, जवाफ छैन ।
नवरसको स्वाद बन्नुपर्ने लोकपद्धति विषालु विषालु मानिरहेका छन् जनजनले । नेताहरू खाइरहेछन्, देश र जनताको ज्यानै लिनेगरी खान मिल्छ ? त्यस्तो राजनीति कसरी लोकतन्त्र हुनसक्छ ? सपना स्वर्गको देखाउने काम कृतघ्नको गर्ने, यो राजनीतिक रोडम्याप हो कि डाँकाको डकैति ? बिधिको शासन भन्ने अनि अपराधीको गुँड बनाएर असुरक्षा र अराजकताको श्रृंखलाबद्ध अपराध फैलाउने । पुराणमा एउटा कथा छ, ययाति ऋषि यति सौखिन थिए कि आफ्नो जीवनकालमा गरेका आराम र आनन्द विहारले उनको मन भरिएन । त्यसपछि उनले छोराको उमेर पैंचो लिएर आफूलाई आनन्दको सागरमा तै¥याए ।
परिवर्तन भयो । राजतन्त्र, हिन्दुधर्ममात्र फालेनन्, लोकलज्जासमेत मिल्काएर लोकतन्त्रलाई हाटबजार बनाए, जनताको आँसु र रगतको पोखरीमा रजहाँस बनेर रमाइलो गर्नुलाई परिवर्तन भन्ने कसरी ?
नेतृत्वको नाङ्गोपन असभ्यता, छाडापन र बिकृत मानसिकता हो । नेपाली राजनीति सन्नी लिओनीको नग्नतालाई लोकतन्त्रको सुन्दरता भनेर जनताको आँखामा अझै भ्रम छरिरहेको छ । यस्तो भ्रमलाई जनताले कतिदिन पत्याउने ? यसको निर्णय मंसिर ४ मा होला ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports