kumari
stcnepal

काठमाडौंको पैयाटार बाट ८ जुवाडे पक्राउ

काठमाडौं ।जुवा खेलेको आरोपमा काठमाडौंको पैयाटार बाट ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार राति पौने १२ बजे तार्केश्वर नगरपालिका पैयाटार स्थित भिमबाबु केसी घर बाट ८ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए।उनीहरू बाट १६ थान कौडा र २ लाख ८६ हजार ६८० रुपैयाँ बरामद भएको छ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।

footer