भोली १७ गते देखि राजनितिक दलहरूले सभा, आमसभा जुलुस निकालेर चुनावी प्रचार प्रसार गर्न पाउने
वि.सं.२०७९ कात्तिक १६ बुधवार १५:४५
shares

काठमाडौं ।प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रचारअन्तर्गत भोलि बिहीवार देखि राजनीतिक दलले आमसभा र जुलुस गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भोलि देखि दोस्रो चरणको प्रचारप्रसार शुरू हुने बताए ।
भोलि देखि दल र उम्मेदवारले कोणसभा, र्याली, जुलुस जस्ता ठूला प्रचार कार्यक्रम गर्न पाउने भएका छन् । बुधवार सम्म सीमित घरदैलो कार्यक्रम हुँदै आएको थियो ।





































