पक्राउ परेका शरद वली रिहा
वि.सं.२०७९ कात्तिक १८ शुक्रवार १५:४०
shares

बुटवल। नेपाल कम्युनिष्ट पार्टीका नेता शरद वलीलाई प्रहरीले रिहा गरेको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीका केन्द्रीय सदस्य वलीलाई बिहीबार प्रहरीले नवलपुरको बसन्तपुर बाट पक्राउ गरेको थियो।
उनलाई आज बिहान प्रहरीले रिहा गरेको छ। सरद नवलपरासी इन्चार्ज समेत हुन्। उनलाई नवलपुरको मध्यपुर नगरपालिका बसन्तपुर बाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी पार्टीको काममा जाँदै थिए।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले मंसिर ४ को चुनाव बहिष्कार गर्ने निर्णय गरेका थिए। यसपछि प्रहरीले ती पार्टीका नेता तथा कार्यकर्ता माथि निगरानी बढाएको छ।





































