विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानसेनापति बाट खड्कालाई रथीको दर्ज्यानी चिन्ह प्रदान

559
shares

काठमाडौं ।प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा पदोन्नति भएका सीताराम खड्कालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषदको कार्तिक १६ गतेको निर्णय अनुसार उनी रथीमा बढुवा भएका थिए ।

शुक्रबार जङ्गी अड्‌डामा आयोजित कार्यक्रमका बीच उनलाई शर्माले रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । पदोन्नति भएका खड्का बलाध्यक्षमा नियुक्ति भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सोही निर्णय बमोजिम उपरथीमा विजय थापा र आश बहादुर तामाङ्गलाई पनि दर्ज्यानी चिह्न प्रदान गरिएको छ । थापा सुदूरपश्चिम पृतना हेडक्वार्टरको पृतनापति र तामाङ नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्षमा नियुक्ति भएका छन् । उक्त दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports