विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अछाम १का उम्मेदवार नै एमालेमा प्रवेश

611
shares

कैलाली ।अछाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार महेन्द्रबहादुर बोगटी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा जिल्ला इन्चार्ज झपट बोहराले स्वागत गरे । बोगटीलाई स्वागत कार्यक्रममा बोहरासँगै देवबहादुर कुँवर, मीनबहादुर कुँवर, राधिका भुजेल, गोविन्द कुँवर, जिल्ला अध्यक्ष चन्द्र बोहरा लगायत उपस्थित थिए ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रचार-प्रसारमा रहेका बोगटीले देशको परिवर्तन एमाले बाट मात्रै सम्भव रहेको भन्दै आफू एमालेमा समाहित भएको बताएका हुन् । ‘सत्य र शक्ति एमालेमा मात्रै छन्, आफ्नो एजेन्डाहरू एमालेसँग मिल्दाजुल्दा छन्’, उनले भने ‘मुलुकको परिवर्तन एमालेबाट मात्रै सम्भव छ त्यसैले आजै बाट एमालेमा समाहित भए ।’

विगतमा आफ्नो लागि मत मागिरहेको बताउँदै उनले आगामी दिनमा नेकपा एमालेको उम्मेदवारलाई जिताउन लागिपर्ने जनाए । स्वतन्त्र उम्मेदवार बोगटीलाई एमाले प्रवेश गराउँदै प्रतिनिधि सभा सदस्यको उम्मेदवार बोहराले एमालेको जित निश्चित भएको बताएका थिए । परिवर्तन र सृजनशील युवाहरूको रोजाइमा एमाले पार्टी रहेको बताउँदै उनले अछाम १ मा रहेका सबै युवाहरू नेकपा एमाले जिताउन लाग्ने समेत विश्वास व्यक्त गरेका थिए ।

यहाँ नेकपा एमाले बाट बोहरा उम्मेदवार बन्दा सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर प्रतिस्पर्धामा छन् । अन्य केही स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports