विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मंसिर ४ गते पछि देउवा सिद्धिन्छ : अध्यक्ष ओली

585
shares

काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा मंसिर ४ गतेपछि समाप्त हुने टिप्पणी गरेका छन् । शुक्रबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री भएर पनि देउवाले गृहजिल्ला डडेल्धुराको विकासका लागि केही गर्न नसकेको समेत टिप्पणी गरेका छन् ।

देउवाले विकास गरेको भन्ने डडेल्धुरामा भ्रम रहेको भन्दै ओलीले अब डडेल्धुराको विकासको जिम्मा नेकपा एमालेले लिने घोषणा गरे । ओलीले भने– ‘डडेल्धुरामा भ्रम परेको छ भन्ने मैले सुनेको छु । अन्योल भएको छ भन्ने सुनेको छु । डडेल्धुराको विकासको जिम्मा नेकपा एमालेले लिन्छ ।’ ओलीले प्रधानमन्त्रीको रुपमा देउवाको यो कार्यकाल अन्तिम कार्यकाल रहेको समेत बताएका छन् । ओलीले भने– ‘शेरबहादुरजी पाँच पटक बन्नुस् कि जति पटक बन्नुस् उहाँले सक्नु हुन्न, सक्नु भएन । यो अन्तिम पटक हो ।’

अध्यक्ष ओलीले मंसिर ४ गतेपछि वर्तमान सत्ता गठबन्धन छिन्नभिन्न हुने समेत ठोकुवा गरेका छन् । सभालाई सम्बोधन गर्दै ओलीले भने– ‘अब गठबन्धन गठबन्धन गयो । मंसिर ४ गते सम्म गठबन्धन रहन्छ, त्यसपछि रानो नभएको मौरी टोकाटोक गरेजस्तै टोकाटोक गरेर सिद्धिन्छन् ।’ सभा मार्फत अध्यक्ष ओलीले देउवाको निर्वाचन क्षेत्रमा कर्ण मल्ल नै नेकपा एमालेको उम्मेदवार रहेको प्रतिवद्धता जनाएका छन् । पार्टीको स्थानीय कमिटीले समर्थन नगर्दैमा नहुने भन्दै पार्टी केन्द्रले कर्णलाई समर्थन गरेको भन्दै कार्यकर्तालाई मतदान गर्न निर्देशन दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports