विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमाले अध्यक्ष ओली आज झापा जाँदै, आजै बिभिन्न कार्यक्रममा सहभागी हुने

793
shares

काठमाडौं ।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज झापा जाँदै छन् । झापामा अध्यक्ष ओली निर्वाचन सम्बन्धी विभिन्न कार्यक्रममा व्यस्त हुने छन् । अध्यक्ष ओली झापामा आयोजना हुने चुनावी सभा, भेला, कार्यकर्ता भेटघाट लगायत कार्यक्रममा सहभागी हुने छन् ।

अध्यक्ष ओली आज झापा निर्वाचन क्षेत्र नम्बर २ को सालवाडी शनिश्चरेमा कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुने नेकपा (एमाले) का पोेलिटव्यूरो सदस्य तथा अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले बताए । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका अध्यक्ष ओलीसँग साँझ दमकमा सहकारीकर्मीहरुको भेटघाट कार्यक्रम रहेको छ ।

यसैगरी भोलि कात्तिक २३ गते दमकमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई अध्यक्ष ओलीले विभिन्न दलका कार्यकर्ता लगायतलाई पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले कात्तिक २४ गते दमकमा आयोजना हुने नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेश–१ स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेता दाहालले जानकारी दिए ।

राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व ओली बालबालिका देखि बृद्धबृद्धा सम्म अत्यन्त लोकप्रिय छन् । अध्यक्ष ओली जहाँ पुग्छन् त्यहाँ उनीसँग तस्वीर खिचाउनेको घुइँचो लाग्ने गर्छ । यस पटक झापामा निर्वाचन प्रचार प्रसारका कार्यक्रममा व्यस्त रहँदा रहँदै पनि अध्यक्ष ओली सँग तस्वीर खिचाउन पाएनौं भन्ने बालबालिका, युवा, किशोरकिशोरी, बृद्धबृद्धा र सर्वसाधारण नागरिकको गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष ओलीसँग तस्वीर खिचाउनका लागि समय नै छुट्याइएको छ ।

बुधबार अध्यक्ष ओली सँग तस्वीर खिचाउन चाहनेहरूका लागि ‘सेल्फी विथ केपी बा’ कार्यक्रम राखिएको छ । दमकस्थित फन पार्कमा अपरान्ह ४ बजेदेखि राखिएको कार्यक्रममा अध्यक्ष ओली सँग सबैले सेल्फी खिच्न पाउने छन् । खासगरी युवकयुवती, किशोरकिशोरीको अत्यधिक माग आएपछि यो कार्यक्रमको आयोजना गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक नेकपा (एमाले) का नेता दाहालले जानकारी दिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports