विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मनिषा कोईरालाले राप्रपाका लागि भोट माग्ने

585
shares

काठमाडौं ।चुनाव नजिकिए सँगै सेलिब्रिटीहरु राजनीतिक दल र उम्मेदवार प्रति खुल्न थालेका छन् । कतिपय कलाकार उम्मेदवार सँगै घरदैलोमा भोट माग्न व्यस्त छन् भने कतिपय चुनावी कार्यक्रममा सहभागी हुँदैछन् । चुनावी माहोल गर्माएका बेला अभिनेत्री मनिषा कोइराला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा खुलेकी छन् । शुक्रबार स्याङ्जाको वालिङमा हुने राप्रपाको चुनावी कार्यक्रमलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन सँगै मनिषाले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।

पोखरामा हुने पार्टीको चुनावी कार्यक्रमपछि लिङ्देन र मनिषा वालिङको कार्यक्रममा सहभागी हुनेछन् । उक्त कार्यक्रमलाई मनिषाले पनि सम्बोधन गर्ने तय भएको राप्रपा स्याङ्जाका अध्यक्ष तुलसिंह ठकुरीले जानकारी दिए । मनिषाले पहिले देखि नै राजसंस्था र हिन्दू राज्यको पक्षमा आफ्नो धारणा राख्दै आएकी थिइन् । तिनै एजेण्डा बोकेको दल राप्रपा प्रति उनको सैद्धान्तिक निकटता देखिन्छ ।

सञ्जयलीला भन्सालीको फिल्म ‘हीरामण्डी’को छायांकन लगत्तै मनिषा काठमाडौं उत्रिएकी हुन् । सन् १९८९ को नेपाली फिल्म ‘फेरि भेटौंला’बाट अभिनय करिअर थालेकी मनिषाले एक समय बलिउडमा राज गरेकी थिइन् । उनको पछिल्लो नेपाली फिल्म ‘धर्मा’ हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports