विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तान आईसीसी टी–ट्वान्टी बिश्व कपको फाइनलमा

689
shares

काठमाडौं ।पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि मोहमद रिजवान र बाबर आजमले अर्धशतकीय परी खेले । ४३ बल खेलेका रिजवानले ४ चौका सहयोगमा ५७ रन बनाए । त्यस्तै ४२ बल खेलेका बाबरले ७ चौकाको सहयोगमा ५३ रन बनाए । पाकिस्तानका लागि महमद हरिसले ३० रनको योगदान गरे ।

बलिङ तर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिए । त्यस्तै मिचेल स्टेनरले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेरी मिचेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

त्यस्तै कप्तान केन विलियमसनले ४६ रन बनाउँदा डेभोन कनवेले २१ रन जोडे । पाकिस्तानका लागि साहिन शा अफ्रिदीले दुई विकेट लिए । त्यस्तै मोहमद नवाजले एक विकेट लिए ।
पाकिस्तानले अब फाइनलमा भारत र इङ्ल्यान्ड बीचको विजेता सँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports