प्रदेश नम्बर १ मा भोलि देखि शनिबार सम्म लगातार बिदा
वि.सं.२०७९ कात्तिक २३ बुधवार २२:१३
shares

१ नम्बर प्रदेशमा भोलि देखि शनिबार सम्म लगातार बिदा परेको छ । भोलि प्रदेशभर शोक बिदा दिइएको छ भने शुक्रबार फाल्गुनन्द जयन्तीको अवसरमा बिदा घोषणा हुँदैछ ।
फाल्गुनन्द जयन्तीको भोलिपल्ट शनिबार परेकाले भोलिदेखि तीन दिनसम्म सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, विद्यालय, स्थानीय तह, अस्पताल लगायत अत्यावश्यक बाहेक सबै सरकारी कार्यालयमा बिदा हुने भएको छ ।
भोलि प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधनमा शोक बिदा दिइएको छ । उनको आज बिहान निधन भएको हो





































