विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

न्यायलयलाई अख्तियारले दवाव दिएको नेपाल बारको आरोप

572
shares

काठमाडौं ।नेपाल बार एसोसिएसनले आफू अनुकूल फैसला गराउनका लागि अख्तियारले न्यायालयलाई दबाब दिएको आरोप लगाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बारले विशेष अदालतबाट हुने न्याय निरुपणको विषयमा अख्तियारले दिएको अभिव्यक्ति आफू अनुकूल फैसला गराउनका लागि दवाव भएको आरोप लगाएको हो ।

केही दिनअघि अख्तियारले पत्रकार सम्मेलन गरि विशेष अदालतमा भएका फैसलामा चित्त बुझाउन सक्ने अवस्था नरहेकाले सर्वोच्चमा पुनरावेदन दिएको जानकारी गराएको थियो ।आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी अदालतमा न्यायिक विचलन, कानुनको गलत व्याख्या तथा असक्षमता भएको भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको निष्कर्ष रहेको बारको भनाइ छ ।

अदालतको फैसला चित्त नबुझे सर्वोच्चमा पुनरावदेन दिन सकिने भएपनि संवैधानिक निकायले आफ्नो मुद्दा असफल भएकै आधारमा सिंगो न्यायपालिका माथि प्रश्न उठाउनु गम्भीर विषय भएको विशेष अदालत बार एसोसिएसनका अध्यक्ष चुडामणि शर्मा पौडेलले बताए । अख्तियारले अदालत प्रति दवाव गर्ने काम न्यायपालिका प्रति हस्तक्षेप नै भएको उनकाे भनाइ छ । त्यस्तै सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले अख्तियारज स्तो जिम्मेवार संवैधानिक निकायले न्यायलयप्रति प्रश्न उठाउनु उचित नभएको बताए ।

बारले भ्रष्टाचार नियन्त्रणमा सबैको एक मत रहे पनि संवैधानिक निकायले न्यायपालिकाको निष्पक्षता र सक्षमतामा नै शंका उब्जन सक्ने भाषा र शैलीमा प्रस्तुत हुन नहुने ठहर गरेको छ ।राज्यका जिम्मेवार निकाय तथा पदाधिकारीहरूले विधिको शासनको अक्षरशःः पालना गर्न र अदालतको स्वतन्त्रतामा आँच पुग्ने गरी अभिव्यक्तिहरू बारले ध्यानाकर्षण पनि गराएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports